![]() |
मिडिया एनपी, काठमाडौं, १२ जेठ । छालालाई स्वस्थ राख्न तथा बेदाग बनाउनका लागि चन्दनको प्रयोग लाभदायक हुन्छ । । छालाको कालापन, सुख्खापन लगायतका छालाजन्य समस्या हटाउन चन्दनको प्रयोग फाइदाजनक हुन्छ । चन्दनमा हुने एन्टिबायोटिक तत्वका कारण तपाईंको छाला प्राकृतिक औषधिको प्रयोगले निख्खारपना ल्याउनेछ ।
शरीरको कुनै पनि भागको रंग कालो भएको छ भने चन्दनको प्रयोग गर्नुहोस् । २ चम्चा बदामको तेल, ६ चम्चा नरिवलको तेल र ४ चम्चा चन्दनको पाउडर मिसाएर कालो दाग भएको छालामा लगाउनुहोस् । यसले छालाको कालोपना हटाउँछ ।
यस्तै छालामा देखिएका दागहरु हटाउन पनि चन्दनको प्रयोग लाभदायक हुन्छ । चन्दनको पाउडर, बेसार र कागतीको रस मिलाएर दाग देखिएको ठाउँमा लगाउनुस् र आधा घण्टासम्म रहिरहन दिनुहोस् । त्यसपछि पानीले सफा गर्नुहोस् ।
सुख्खापन छालाको समस्यालाई पनि चन्दनले अन्त्य गर्छ । चन्दनको तेल सुख्खा छालाका लागि लाभदायक हुन्छ । सुख्खापन अनुहासरमा चन्दनको तेल लगाउने गर्नुहोस् ।
सूर्यको हानीकारक किरण शरीरमा पर्ने वित्तिकै चिट्चिटाउने समस्यालाई पनि चन्दनले ठिक गर्छ । चन्दनको पाउडरमा २ चम्चा बदामको तेल र ४ चम्चा नरिवलको तेल मिलाएर चिट्चिटाउने ठाउँमा लगाएर १५ मिनेट सम्म त्यत्तिकै छोड्नुहोस् । र त्यसपछि हल्का मन तातो पानीले धुनुहोस् । यसो गर्नाले छाला चिट्चिटाउने समस्या पनि अन्त्य हुन्छ ।
चन्दनको प्रयोग गर्नाले छालामा कुनै साइड इफेक्ट हुँदैन । चन्दनमा पाइने एन्टिबायोटिक गुणका कारण छालालाई स्वास्थ राख्नुको साथै उसको प्राकृतिक निखार प्रदान गर्ने गर्छ ।
-
![]() |

Post a Comment