![]() |

मिडिया एनपी, भक्तपुर, ९ बैशाख । भक्तपुरस्थित मनोहरा खोलामा नवजात शिशु मृत अवस्थामा बिहीबार फेला परेको छ । भक्तपुर–५ बालकोटस्थित नयाँ बस्तीको हनुमन्ते खोलमा शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हनुमन्ते खोलाको तिरमा बेवारिसे अबस्थामा लिङ्ग पहिचान नभएको, शरिरको कम्मर देखि मुनीको भाग नभएको अन्दाजी ९ महिनाको नवजात शिशु मृत अवस्थमा फेला परेको हो ।
शिशुको शवलाई पोष्टमार्टमको लागि टिचिङ्ग अस्पताल महाराजगंज पठाईएको र शिशु कसले फालेको हो लगायतका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ
-
![]() |

Post a Comment