मिडिया एनपी, काठमाडौं, ९ बैशाख । आतंकवादी संघगठन आइएसले आफ्ना घाइते लडाकुको मृगौला र कलेजो लगायतका अङ्ग बेच्ने गरेको दावी गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कमजोर आर्थिक अवस्था झेलिरहेको आइएसले आफ्ना घाइते लडाकुको अङ्ग विदेशी कालाबजारीमा बेचेर आर्थिक लाभ गरिरहेछ ।
अरबी भाषाको अखबर अल सबाहले इराकी शह मोसुलका आफ्नो एक सुत्रको हवाला दिँदै भनेको छ, ‘एक घाइते आइएसआइएस आतंकवादीको शरीरको अङ्ग बाहिर निकाल्नका लागि चिकित्सकलाई धम्की दिएको छ ।’
इरानी न्यूज एजेन्सी फार्सका अनुसार हालै मोसुलका दक्षिणी क्षेत्रमा आइएस आर्थिक संकटमा परेको छ । यस कारण आफ्ना घाइते लडाकुहरु मारिरहेछ, ताकी उनको शरीरको अङ्गहरु मुटु, मृगौला आदी कालाबजारीमा पठाइरहेछ
- See more at: http://medianp.com/2016/04/84002.html#sthash.ZIdqKZoX.dpuf

Post a Comment

 
Top