![]() |
मिडिया एनपी, काठमाडौं, ९ बैशाख । गलामा लगाएको सिक्रि लुटेर भाग्दै गरेका एक युवालाईप्रहरीले नियन्त्रणमा लिएको छ । धादिङ मैदीका सवमा श्रेष्ठको गलामा लगाएको १.५ तोलाको सुनको सिक्री लुटी भाग्ने क्रममा मुगु पिना २२ वर्षिय खडक जंग शाहीलाइ लुटिएको सिक्री सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिक्री लुुट्ने शाही र सिक्री लुटिएका श्रेष्ठ दुुबै काठमाडौंमा कपनमा बस्दै आएका छन् । भृकुटीमण्डपको माईक्रोस्टपमा शाहीले श्रेष्ठको सिक्री लुुटेका हुन् । शाहीलाई नियन्त्रणमा लिइ महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ
![]() |


Post a Comment