![]()  | 
मिडिया एनपी, काठमाडौं । भारतमा एक ११ वर्षीया बालिकाले आफ्नै जिब्रो काटेर मन्दिरमा चढाएकी छिन् । छत्तीसगढ राज्यको रायगढ जिल्लास्थित प्राचीन शिव मन्दिरमा ति बालिकाले जिब्रो चढाएकी हुन् ।
संगीतराई गाउँका किसान बुद्धेश्व सीदरकी छोरी चमेली सीदरले सो मन्दिरको शिव लिङ्गको सामुन्ने चक्कुले जिब्रो काटेर चढाएकी हुन् । तर, अति रक्तश्राव भएपछि उनी मन्दिरमै बेहोस भएकी भइन । यद्यपी होसमा आउँदा पनि उनी शिव भक्तिमा लिन भइरहिन् ।
ति बालिकालाई हेर्न मन्दिरमा सर्वसाधारणहरुको घुइँचो लागेको छ भने स्थानीय प्रशासनले मन्दिरमा एक जना चिकित्सक खटाएको छ ।

![]()  | 

Post a Comment