![]() |
मिडिया एनपी, काठमाडौं, १३ बैशाख । भारतको उत्तरी बंगालबाट ३५ किलो सुन सहित एक नेपाली पक्राउ परेका छन् । राजश्व अनुसन्धान निर्देशनालय डीआरआईको टोलीले झापाका प्रमोद देवकोटालाई करिब १० करोड मुल्य बराबरको सुन सहित पक्राउ गरेको हो । उनी सँगै सिलगुढीका अन्य २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
चीनबाट लिएर गएको सुन सहित उनीहरुलाई प्रहरीले कार चेकजाचका क्रममा फेला पारेको समाचार स्रोतमा बताईएको छ । विशेष सुचनाका आधारमा गाडी नियन्त्रणमा लिएको र खनतलासी गर्दा सुन भेटिएको डीआरईले जनाएको छ । उनीहरुलाई २ हप्ता थुनामा राखेर अनुसन्धान गर्न स्थानिय अदालतले अनुमति दिएको छ ।

![]() |

Post a Comment