![]() |
मिडिया एनपी, काठमाडौं, १३ बैशाख । २५ बर्ष भन्दा मुनिका कलाकार तथा प्राबिधिकले निर्माण गरेको फिल्म ‘बेष्ट फ्रेण्ड फर ईभर’को ट्रेलर सार्वजनिक भएको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी ट्रेलरसँगै पहिलो पोस्टर समेत सार्वजनिक गरिउको छ । फिल्मको सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, द्वन्द्व र रोमान्स एक साथ देख्न सकिन्छ । प्रोमो डिजाईन शाहील खानाले गरेका हुन ।
ईस्टर इन्टरटेन्टमेन्टको ब्यानरमा युवा निर्देशक उत्सव थपलियाको निर्देशनमा तयार भएको फिल्ममा मित्रताको पूर्ण परिभाषा दिन खोजिएको छ । यो फिल्मले साथी साथीको कथालाई प्रस्तुत गर्ने निर्देशक उत्सवको भनाई छ । १९ बर्षको उमेरमा फिल्म निर्देशन गरेका युवा निर्देशक उत्सवले पछिल्लो समय नेपाली दर्शकले कस्तो फिल्म खोज्छन् भन्नेमा अपडेट रहेको भन्दै सोही अनुसारको फिल्म बनाएको दाबी पनि गरेका छन् ।
आराभ चौधरी, सदिक्षा थापा र सन्दिप घिमिरेको निर्माणमा बनेको फिल्म जुठको १४ गतेबाट प्रदर्शन हुँदै छ । फिल्ममा सौरभ चौधरी, मनिष न्यौपाने, प्राहिक न्यौपाने, पिंकी शेर्पा, साधना थापा, इन्जमाम अलिक खान लगायतकाको अभिनय रहेको छ । फिल्मलाई निर्मल
![]() |

Post a Comment